‘नो नट अगेन’ प्रकरण : निर्वाचन आयोगविरुद्ध सर्वोच्च अदालतमा रिट

काठमाडौँ- वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले निर्वाचन आयोगले ‘नो नट अगेन’ अभियानलाई साइबर कानून अन्तर्गत कारवाही गर्न जारी गरेको निर्देशनविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका छन् । नागरिकको संविधानप्रदत्त अधिकारलाई शून्य वा निष्प्रभावी तुल्याउने दूषित मनसायले निर्देशन प्रेरित रहेको भन्दै त्रिपाठीले सर्वोच्चमा यसविरुद्ध रिट दायर गरेका हुन् । मौलिक हकको प्रयोगलाइ आपराधिक कृत्यको संज्ञा दिई […]