अस्पतालमा डेङ्गीका बिरामीको चाप : परीक्षण शुल्कमा मनोमानी भएको पीडितको गुनासो

काठमाण्डाै - अस्पतालहरुमा डेङ्गीका बिरामीको चाप बढ्दै गएको छ । बिरामीको  चाप बढ्दै गएकाले कतिपय अस्पतालहरुले डेङ्गीका बिरामीको उपचारका लागि छुट्टै क्लिनिक सञ्चालन गरेका छन् । काठमाण्डौको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले छुट्टै क्लिनिक सञ्चालन गरेको छ । क्लिनिकमा दैनिक १ सय ५० देखि १ सय ७० जना डेङ्गीका बिरामी उपचारका लागि पुग्ने गरेका शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका प्रमुख कल्सन्टेन्ट फिजिसियन डा. विमल चालिसेले जानकारी दिनुभयो । उहाँका अनुसार धेरैजसो बिरामीमा धेरै ज्वरो आउने, टाउको दुख्ने...