आणविक हतियार एआईको नियन्त्रणमा हुन नहुने प्रस्ताव पेश

सान फ्रान्सिस्को : अमेरिकी सांसदहरूको एक समूहले कृत्रिम बुद्धिमत्ता (एआई)द्वारा सञ्चालित स्वायत्त प्रणालीहरूलाई मात्रै आणविक हतियार प्रक्षेपण गर्नबाट रोक्न एक विधेयक प्रस्ताव गरेको छ। एआई आफैँले निर्णय लिने सम्भावित खतरा बढेपछि यसरी विधेयक प्रस्ताव गरिएको हो।सिनेटर एडवर्ड मार्के (डी-एमए) र रिप्रजेन्टेटिभहरू टेड लु (डी-सीए), डन बेयर (डी-वीए) र केन बक (आर-सीओ) ले अमेरिकामा 'ब्लक न्यूक्लियर लन्च बाई अटोनमस एआई एक्ट' विधेयक प्रस्ताव गरेका छन्। यसको उद्देश्य स्वायत्त एआईद्वारा आणविक प्रक्षेपण