काठमाडौँ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको द्वन्द्वमा चीन र रुसको संलग्नता न्यून रहेको दाबी गरेका छन् । इरानलाई यी दुई देशले कृत्रिम बुद्धिमत्ता (एआई) लगायतका सूचना उपलब्ध गराइरहेको खबर सार्वजनिक भइरहेका बेला ट्रम्पको यस्तो भनाइ आएको हो । फ्लोरिडास्थित आफ्नो मार–ए–लागो रिसोर्टमा बिहीबार पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले चीन र रुस इरानसँग धेरै कम संलग्न रहेको […]