नाइजेरियाले अमेरिकाले दिएको सैन्य आक्रमणको धम्की भ्रामक सूचनामा आधारित रहेको दाबी गरेको छ। नाइजेरियाका राष्ट्रपति बोला टिनुबुका प्रवक्ता ड्यानियल ब्वालाले “ट्रम्पको शैली नै बलपूर्वक दबाब सिर्जना गरेर वार्ता गर्न खोज्ने” प्रकारको रहेको भन्दै अमेरिकाले उक्त धम्कीलाई कार्यान्वयन गर्न नसक्ने बताएका छन्। उनले अमेरिकाले नाइजेरिया विरुद्ध एकतर्फी आक्रमण गर्न नसक्ने पनि स्पष्ट पारे। अमेरिकाले नाइजेरियामा “क्रिश्चियनहरूमाथि […]