प्रधानमन्त्री बालेन्द्र शाहको सचिवालयमा जिम्मेवारी हेरफेर, पाँच संयोजक र पाँच उपसंयोजक तोकिए

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले आफ्नो सचिवालयका सदस्यहरूको जिम्मेवारीमा फेरबदल गरेका छन्। सचिवालय सदस्यहरूको कार्यसम्पादनलाई आधार बनाउँदै प्रधानमन्त्री शाहले पाँच जनालाई विभिन्न क्षेत्रको संयोजक र पाँच जनालाई उपसंयोजकको जिम्मेवारी दिएका हुन्। नयाँ जिम्मेवारी बाँडफाँटअनुसार सन्जिव पाण्डेलाई विकास तथा मन्त्रालयगत समन्वय संयोजक र सन्तोष गिरीलाई अन्तरनिकाय समन्वय संयोजक तोकिएको छ। यसअघि पाण्डेले विकास परियोजना तथा गिरीले […]