दसैँको आवागमन भइरहेका बेला बाढीपहिरोबाट प्रभावित गण्डकी र कर्णाली प्रदेशका केही सडक खण्डमा यातायात अझै पूर्ण रूपमा सञ्चालन हुन सकेको छैन। नेपाल प्रहरीले मंगलबार बिहान ७ बजेसम्मको अवस्था समेटेर सार्वजनिक गरेको विवरणअनुसार गोरखाको आरुघाटबाट धादिङ जोड्ने सडक पूर्ण अवरुद्ध छ भने बेनी–जोमसोम र कर्णाली राजमार्गका प्रभावित खण्ड एकतर्फी सञ्चालनमा छन्। गोरखाको आरुघाट गाउँपालिका–२ र ३ […]