सत्तारुढ दल राष्ट्रिय जनमोर्चाले गठबन्धन दलबीच भएको सहमति विपरित नागरिकता विधेयक खुकुलो पारिए अमान्य हुने चेतावनी दिएको छ । सो पार्टीले जन्मको आधारमा नागरिकता प्राप्त गरेका गैर नेपालीहरुको नागरिकता खारेज नगरी उनीहरुका सन्तानलाई वंशजको नागरिकता दिने प्रावधान नागरिकता विधेयकमार्फत आए अमान्य हुने चेतावनी पनि दिएको छ ।बुधबार बेलुका सत्ता गठबन्धन दलबीच संसदमा विचाराधीन नागरिकता विधेयक परिमार्जनसहित अघि बढाउने सहमति भएको थियो । तर राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेलले विहीबार विज्ञप्ति जारी गर