सरकारी स्वामित्वको दूरसञ्चार सेवा प्रदायक नेपाल टेलिकमले भदौबाट ई-सिम उपलब्ध गराउने भएको छ । भदौबाट ई-सिम उपलब्ध गराउने गरी टेलिकमले अहिले आन्तरिक परीक्षण गरिरहेको छ ।
चाँडै प्रयोगमा ल्याउने गरी हाल ई-सिमको आन्तरिक परीक्षण भइरहेको नेपाल टेलिकमका सह-प्रवक्ता सञ्जित लोहियाले बताए ।
‘अहिले परीक्षणको काम भइरहेको छ । हामी अन्तिम चरणमा छौं,’ उनले आइसिटी समाचारसँग भने,...