३ महिनापछि ठूला करदाता कार्यालयले पायो प्रमुख, तिवारीले पाए जिम्मेवारी

लामो समयदेखि प्रमुख बिहीन रहेको ठूला करदाता कार्यालयको जिम्मेवारी सहसचिव शिवलाल तिवारीले पाएका छन् । अर्थमन्त्रालयले ठूला करदाता कार्यालयमा सहसचिव तिवारीलाई पठाएको हो । तीन महिनाअघि  कार्यालय प्रमुख रहेका सहसचिव बाबुराम गौतमको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सरुवा गरिएको थियो ।  सो समयदेखि नै प्रमुख बिहीन बनेको कार्यालयमा तिवारीले जिम्मेवारी सम्हालेका हुन् ।  तिवारी यसअघि राजस्व अनुसन्धान विभागका उपमहानिर्देशक तथा प्रवक्ताका रूपमा कार्यरत थिए। उनी राजस्व समूहका कर्मचारी ह...