स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले रात्रीकालीन व्यवसाय तथा रेस्टुरेन्टहरु राति ९ बजेपछि बन्द गर्न अनुरोध गरेको छ । कोरोना संक्रमण बढ्दै गएको भन्दै बुधबार मन्त्रालयले सो आग्रह गरेका हो ।
यस्तै संक्रमणको अवस्था हेरी ठूला शहरहरुमा ५०० भन्दा बढी र साना शहरहरुमा १०० भन्दा बढी सक्रिय संक्रमित देखिएमा ती स्थानमा आवागमनका कडाइका साथ गर्न गराउन पनि मन्त्रालयले अनुरोध गरेको छ ।
मन्त्रालयले मास्कको प्रयोग गर्न, सामाजिक दूरी काम गर्ने, परीक्षणको दायरा बढाउन लगायतका १० बुँदे अनुरोध गरेको छ ।