बाघको आनिबानी अध्ययन गर्न बर्दिया निकुञ्जको बाघमा रेडियो कलर जडान

बर्दिया : बाघको आनीबानी थाहा पाउन बर्दिया राष्ट्रिय निकुञ्जको एउटा बाघमा स्याटेलाइट रेडियो कलर जडान गरिएको छ। स्याटेलाइट कलरबाट बाघको आनीबानी‚ आवागमनलगायत अध्ययन गरिने निकुञ्जका सहायक संरक्षण अधिकृत अशिमकुमार थापाले बताए।निकुञ्ज नेतृत्वको प्राविधिक टोलीले पाँच वर्षको वयस्क पोथी पाटेबाघमा रेडियो कलर जडान गरेको हो। बर्दिया–बाँके कम्प्लेक्समा चारवटा पाटेबाघ अध्ययन गर्ने अनुमति पाएअनुरुप पहिलो चरणमा बर्दियाको पाटेबाघमा स्याटेलाइट रेडियो कलर जडान गरिएको थापाले बताए। बाघले शिकार गर्ने तरिक