तपाईंको पूर्जाको भन्दा फिल्डमा थोरै जग्गा छ ? जग्गा किन्दा नापीसँग सम्बन्धीत जान्नै पर्ने कुरा

बैशाख ७, काठमाडौं । तपाईंले लालपूर्जामा तोकेको क्षेत्रफल अनुसार जग्गा किन्दा फिल्डमा कम जग्गा पाउनु भएको छ ? लालपूर्जामा लेखे अनुसार फिल्डमा जग्गा भेटिएन भने आफ्नो जग्गा कसरी पुर्या्उने ? सकेसम्म त पूर्जा र फिल्डमा समान क्षेत्रफल एकिन गराएर मात्रै जग्गा किन्नु राम्रो हो । तर तपाईंले जग्गा व्यवसायी वा आफन्तको विश्वासमा फिल्ड ननापेरै जग्गा किनिसक्नु भयो र फिल्डमा थोरै जग्गा पाइयो भने तपाईंले नापी कार्यालयमा निवेदन दिएर पुनः नापजाँच गराउन सक्नु हुन्छ । जग्गा पुनः नाप्नको लागि के गर्नुपर्छ त ?  नापी विभागका निर्देशक दामोदर ढकालका अनुसार फिल्डमा जग्गा कम भएमा नापी कार्यालयमा निवेदन दिनुपर्छ । अहिले जग्गा नापजाँचको लागि दिने निवेदनको ढाँचा विभाग र नापी कार्यालयको वेवसाइटमा पाइन्छ । निवेदनको ढाँचा पाउनु भएन भने हातैले लेखेको निवेदन दर्ता गराएर पनि काम लिन सकिने ढकालको भनाइ छ । तर निवेदनको साथमा सम्बन्धित जग्गा धनीको नागरिकताको फोटोकपी, लालपूर्जाको फोटोकपी र जग्गाको मालपोत तिरेको रसिदको फोटोकपी पनि बुझाउनुपर्ने नापी कार्यालय धनगढिका प्रवक्ता नवराज अधिकारीले बताए । निवेदन दिइसकेपछि नापी कार्यालयले कार्यालयबाट जग्गा रहेको ठाउँ सम्मको दुरीका आधारमा राजस्व निर्धारण गर्छ । उक्त राजस्व तिरेको रसिद नापी कार्यालयमा छोडेपछि तपाईंको निवेदन पाइपलाइनमा बस्छ । राजस्व र समय कति लाग्छ ? अन्य व्यक्तिको निवेदन नभएमा र नजिकै जग्गा रहेको खण्डमा भोलिपल्टै गएर नापी कार्यालयका कर्मचारीले जग्गा नापजाँच गरिदिन्छन् । तर पाइपलाइनमा धेरै निवेदन भएको खण्डमा भने तपाईंको पालो आउने २/३ हप्तासम्म पनि लाग्न सक्छ । सामान्यतया निवेदन दिएको एक/डेढ हप्ताभित्रै जग्गा नापजाँच भइसक्ने अधिकारीको भनाइ छ । नापी कार्यालयले नजिकै रहेका जग्गा नाप्न न्यूनतम २ हजार ५०० रुपैयाँ राजस्व लिन्छ । जग्गा रहेको ठाउँ धेरै टाढा भएमा यो रकम बढ्दै जान्छ । लालपूर्जामा उल्लेख भएकै जति जग्गा पाइन्छ ? नापी कार्यालयको अमिनले नापेर छुट्ट्याएको जग्गा नै तपाईंको अन्तिम जग्गा हुन्छ । कहिलेकाँही तपाईंको जग्गा बढ्न पनि सक्छ र कहिलेकाँही जग्गा घट्न पनि सक्छ । सकेसम्म लालपूर्जामा उल्लेख भए अनुसार जग्गा किन्नु भन्दा अघि नै फिल्डमा जग्गा नापेर लिनु भयो भने राम्रो हुन्छ । यसरी फिल्डमा नापेर जग्गा किन्दा कम रहेछ भने तपाईंले कम जग्गाकै मूल्य हाल्न सक्नुहुन्छ । तर पछि नाप्दा कम जग्गा देखियो भने तपाईंले पैसा फिर्ता पाउने सम्भावना रहँदैन । सँदियारले नमानेमा के गर्ने ? अमिनले जग्गा नाप्दा तपाईंको जग्गा दाँया बाँया परेको रहेछ भने उनीहरूले जग्गा देखाइ दिन्छन् । तर सँदियारले उपभोग गर्दै आएको जग्गा छोड्दैन भनेर झगडा गर्न थाले भने अमिनले केही पनि गर्न सक्दैनन् । त्यस्तो बेलामा वडा कार्यालय, गाउँ/नगरपालिका र प्रहरी प्रशासन बसेर मिलाउने प्रयास गर्नुपर्छ । त्यति गर्दा पनि तपाईंको सँदियारले नमानेमा भने जिल्ला अदालतमा गएर मुद्दा चलाउनुपर्छ । त्यसपछि अदालतको फैसला अनुसार प्रहरी प्रशासनले तपाईंको जग्गा छुट्ट्याईदिन्छ । सँदियारले फेरीपनि नमानेको खण्डमा उसलाई जरिवाना र कैद हुन सक्छ ।

सम्बन्धित सामग्री

‘धाम’ को जग्गा व्यक्तिको नाममा

केही वर्षदेखि बिक्री हुन सुरु भएको दाङ गढवा गाउँपालिका वडा नम्बर ४ मा रहेको जंगलकुटि बाबा धामको जग्गा अहिले जग्गा ‘कारोबारी’ देखि व्यक्तिको हातमा पुगेको छ।...

जग्गा सम्याउने नाममा जनप्रतिनिधिले नै सार्वजनिक जग्गा मिचेको आरोप

जग्गा सम्याउने बहानामा गोदावरी नगरपालिकाका जनप्रतिनिधिले वन, राजकुलो, सरकारी जग्गा मिचेको आरोप लागेको छ । नगरपालिकाका सबैजसो वडामा भइरहेको जग्गा प्लटिङमा मेयर, उपमेयर, वडाअध्यक्षलगायत जनप्रतिनिधि सार्वजनिक वन, राजकुलो, सरकारी जग्गा मिच्न...

तुलसीपुर उपमहानगरको जग्गा अतिक्रमणको चपेटामा

दाङको तुलसीपुर उपमहानगरपालिकाको नाममा १० विघा भन्दा बढि जग्गा छ। तर, उपमहानगरपालिकाले भोगचलन भने सीमित जग्गा मात्रै गर्दै आएको छ। अन्य सबै जग्गा अतिक्रमणमा परेको छ। उपमहानगरपालिका कार्यालय रहेको १०...

उपमहानगरकै जग्गा अतिक्रमणमा

काठमाडौं, मंसिर २७ । । दाङ तुलसीपुर उपमहानगरपालिकाको नाममा १० बिघाभन्दा बढी जग्गा छ । तर उपमहानगरपालिकाले भोगचलन भने सीमित जग्गामात्रै गर्दै आएको छ । अन्य जग्गा अतिक्रमणमा परेको छ । उपमहानगरपालिका कार्यालय रहेको १० कठ्ठा जग्गा र बसपार्क क्षेत्रको केही जग्गामात्रै प्रयोग गरेको छ । उपमहानगरपालिकाको कार्यालय रहेको उत्तर–पूर्वतर्फको पनि केही जग्गा अतिक्रमणमा परेको […]

तुलसीपुर उपमहानगरपालिकाको जग्गा अतिक्रमणमा

२७ मङ्सिर,  तुलसीपुर । दाङ तुलसीपुर उपमहानगरपालिकाको नाममा १० बिघाभन्दा बढी जग्गा छ । तर उपमहानगरपालिकाले भोगचलन भने सीमित जग्गामात्रै गर्दै आएको छ । अन्य जग्गा अतिक्रमणमा परेको छ । उपमहानगरपालिका कार्यालय रहेको १० कठ्ठा जग्गा र बसपार्क क्षेत्रको केही जग्गामात्रै प्रयोग गरेको छ । उपमहानगरपालिकाको कार्यालय रहेको उत्तर–पूर्वतर्फको पनि केही जग्गा अतिक्रमणमा परेको छ […]

उपमहानगरकै जग्गा अतिक्रमणमा

तुलसीपुर– दाङ तुलसीपुर उपमहानगरपालिकाको नाममा १० बिघाभन्दा बढी जग्गा छ । तर उपमहानगरपालिकाले भोगचलन भने सीमित जग्गामात्रै गर्दै आएको छ । अन्य जग्गा अतिक्रमणमा परेको छ । उपमहानगरपालिका कार्यालय रहेको १० कठ्ठा जग्गा र बसपार्क क्षेत्रको केही जग्गामात्रै प्रयोग गरेको छ ।  उपमहानगरपालिकाको कार्यालय रहेको उत्तर-पूर्वतर्फको पनि केही जग्गा अतिक्रमणमा परेको छ । जहाँ तीन […]

जग्गा रोक्काले आतंक

आइतबारको प्रदेशसभा वैठकमा विशेष समय लिएर बाेल्दै कोइरालाले कतै जग्गा रोक्का नगरेर कतै जग्गा रोक्का गरेर जनतालाई आतंकित पारिएको बताए।...

आफ्नै जग्गा फिर्ता गर्न नयाँ जनप्रतिनिधिको पर्खाइ

गुल्मी -गुल्मीका स्थानीय आफ्नै जग्गा फिर्ताको लागि नयाँ जनप्रतिनिधिको पर्खाइमा रहेका छन् ।जिल्लाको मालिका गाउँपालिका–५ का स्थानीय आफ्नै निजी जग्गा गाउँपालिकाले हडेपछि फिर्ताका लागि नयाँ जनप्रतिनिधिको पर्खाइमा रहेका हुन् । आफ्नो जग्गा फिर्ताका लागि सयौं पटक गाउँपालिका र जिल्ला प्रशासन कार्यालयमा जाँदासमेत जग्गा फिर्ता नभएको जग्गाधनी मदन गिरिले बताए । “जग्गा फिर्ता गर्न पटकपटक निवेदसहित […]

अतिक्रमित जग्गा फर्काउन हस्ताक्षर

सरकारी, सार्वजनिक एवं गुठी जग्गा संरक्षण समितिले अतिक्रमित जग्गा तुरुन्त सरकारकै नाममा कायम गर्न हस्ताक्षर संकलन थालेको छ। सरकारी, सार्वजनिक, गुठी जग्गा व्यक्तिका नाममा पार्न भूमिका देखिएका तत्कालीन प्रधानमन्त्रीसम्मलाई कारबाहीको दायरामा ल्याउन पनि  समितिले माग गरेको छ। समितिका महासचिव युवराज कोइरालाले फिर्ता गर्नुपर्ने ललिता निवासको जग्गा नक्सा पास गरेर धमाधम घर बनिरहेको बताए। ‘बालुवाटारको जग्गा भूमाफियाको नाममा छ। सरकारले रोक्का गरेको जग्गा धमाधम नगरपालिकाले नक्सा पास गरेर घर बनिरहेको छ’, महासचिव को...

सरकारी जग्गा संरक्षण गर्न माग

सरकारी, सार्वजनिक एवं गुठी जग्गा संरक्षण समितिले सरकारी जग्गा संरक्षण गर्न माग गरेको छ । समितिले आज शान्ति वाटिकामा एक कार्यक्रमको आयोजना गरी सरकारले सरकारी, सार्वजनिक एवं गुठी जग्गा आफू मातहत ल्याएर संरक्षण गर्न माग गरेको हो ।     समितिका महासचिव युवराज कोइरालाले सरकारको नाममा रहेको जग्गा जमीन सरकारले आफ्नै मातहतमा ल्याएर भोगचलन गर्नुपर्ने माग गर्दै हस्ताक्षर अभियान सञ्चालन गरिएको जानकारी दिए । समितिले २३ गतेदेखि हस्ताक्षर अभियान सञ्चालन गरेको उाको भनाइ थियो ।