‘हेल्लो जिन्दगी’को ‘अनौँठो माया’मा रोमान्टिक मूडमा बिक्रम र दीपिका

चैत्र १८ गतेबाट प्रदर्शनमा आउने फिल्म हो ‘हेल्लो जिन्दगी’ । फिल्मले प्रदर्शन मिति नजिकिदै गर्दा आफ्नो प्रचार समेत तीव्र पारेको छ । यस्तैमा फिल्मले मंगलबार राजधानीमा एक प्रेसमिट गरि ‘अनौँठो माया’ बोलको रोमान्टिक गीत सार्वजनिक गरेको छ ।एड्रिन प्रधान र रजिना रिमालको स्वरमा रहेको गीतमा फिल्मका मुख्य कलाकार अभिनेता बिक्रम डि जोशी र दीपिका प्रसाईं फिचर गरिएको छ । निर्देशक बोहराकै शब्द र अमित श्रेष्ठको संगीत रहेको गीतको कोरियोग्राफी बलिउडका कोरियोग्राफर बिष्णु देवाले गरेका हुन्