तपाईंले दूधको चिया, कालो चिया वा कागती हालेको चिया त धेरैपटक पिउनुभएको होला । आज हामी तपाईंलाई भाङको चियाका बारेमा बताउँदैछौं ।
भाङको चिया स्वास्थ्यका लागि धेरै लाभदायक छ । यसमा एन्टीअब्सिडेन्ट, भिटामिन, पोटेसियम, म्याग्नेसियम, मिनरल र फाइबर जस्ता गुण भरपूर हुन्छन् । यो जोइन्टको पीडा तथा डिप्रेसनका लागि रामवाण उपचार हो ।
सीमित मात्रामा भाङ खाँदा स्वास्थ्यलाई राम्रो गर्ने विभिन्न अध्ययनहरूले देखाएका छन् । यसलाई चिया बनाएर पिउँदा उत्तम हुन्छ । यसले दुखाइ, वाकवाकी र चिन्ता हटाउन मद्दत गर्छ किनकि यसमा भिट...