विद्यालय शिक्षालाई गुणस्तरीय र सर्वसुलभ बनाउन सरकार र सञ्चालक जवाफदेही, व्यावहारिक र दूरदर्शी हुनु आधारभूत सर्त हो । नेपालमा लगानीको हिसाबले दुई प्रकारका विद्यालय सञ्चालनमा छन् । सरकार र समुदायको व्यवस्थापनमा सञ्चालित सामुदायिक र विशुद्ध निजी लगानीमा सञ्चालित नाफामूलक निजी विद्यालय सञ्चालित छन् । शिक्षा ऐन, २०२८ को सुरुवातमा विद्यालय शिक्षा सरकारबाट खोलिएका सार्वजनिक विद्यालयमा […]