काठमाडौं : अन्तरराष्ट्रिय नेपाली साहित्य समाजले सोमबार 'सम्झनामा सर्जकहरू' कार्यक्रम गरेर हालै दिवंगत भएका केही सर्जकलाई सम्झना गरेको छ।अनेसास बोर्ड परिषद् सभापति गीता खत्रीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा डा. नेत्र एटम र नीलकमल सुवेदीले प्राध्यापक सुवेदीको वारेमा मन्तव्य राखेका थिए भने प्रकाश सायमी र मुरारी सिग्देलले साहित्यकार चेतन कार्कीबारे श्रद्धा-सुमन व्यक्त गरे।कार्यक्रममा डा. वानीरा गिरीबारे अनेसास बोर्ड परिषद् उप-सभापति पदम विश्वकर्माले स्मरण गराएका थिए। अनेसा