काठमाडौँ । भुटानको वायुसेवा कम्पनी भुटान एयरलाइन्सले पारो-काठमाडौँ-नयाँ दिल्ली रुटमा पुनः उडान गर्ने भएको छ । यो रुटमा कोरोना भाइरस (कोभिड-१९) महामारीपछि उडान रोकिएको थियो । कम्पनीले यो रुटमा साताको दुई उडान गर्ने गरी उडान घोषणा गरेको छ । कम्पनीका अनुसार १ अक्टोबरदेखि ३० नोभेम्बरसम्मका लागि साताको दुई उडान गर्ने गरी तय भएको छ । […]