फेरि ओली नै प्रधानमन्त्री हुने शंकर पोखरेलको दाबी

राष्ट्रपति विद्यादेवी भण्डारीले बहुमतको सरकार गठन गर्न ३ दिनको समय दिएर आह्वान गरिसकेका बेला एमाले नेता  एवं  लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले भने केपी ओली नै फेरि प्रधानमन्त्री हुने दावी गरेका छन् । उनले विपक्षी काँग्रेसलगायतको गठबन्धनको बहुमत पुग्न नसक्ने जिकिर गरेका छन् । मुख्यमन्त्री  पोखरेलले प्रधानमन्त्रीमा फेरि ओलीलाई नै खोज्नुपर्ने बाध्यता रहेको दाबी गरेका हुन् । ‘संसदले धारा ७६ (२) को जुन प्रमलाई विश्वासको मत दिएन, समयमै विकल्प दिन नसक्दा धारा