लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान आजदेखि

काठमाण्डाै - लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान आजदेखि सुरु हुँदै छ । यस वर्षको नारा ‘घरैबाट सुरू गरौँ, महिला हिंसा अन्त्य गरौँ' भन्ने तय गरिएको छ । यो दिवस हरेक वर्ष नोभेम्बर २५ तारिखदेखि डिसेम्बर १० तारिखसम्म विश्वभर मनाउने गरिन्छ । संयुक्त राष्ट्रसङ्घको सन् १९९९ को महासभाले नोभेम्बर २५ तारिखलाई महिला हिंसाविरुद्धको दिवसका रुपमा मनाउने निर्णय गरेपछि अभियानकै रुपमा विश्वभर यो दिवस मनाउन थालिएको हो । नेपालमा भने २०५४ सालदेखि दिवस मनाउन थालिएको हो । महिला तथा बालबालिकाको मानव अधिकारको संरक्षण...

सम्बन्धित सामग्री

लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु, विभिन्न कार्यक्रम गरी मनाइँदै

चितवन । अन्तर्राष्ट्रिय रूपमा १६ दिनसम्म मनाइने लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान आजदेखि सुरु भएको छ । लैङ्गिक रूपमा हुने हिंसा नियन्त्रणको लागि विश्वव्यापी अभियानको रूपमा लिइने यो दिवस मंसिर १० देखि सुरु भएर मंसिर २५ अर्थात् नोभेम्वर २५ देखि डिसेम्बर १० सम्म मनाइने गरिन्छ । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले हामी सबैको […]