प्रचण्ड नेतृत्वको सरकारमा को बन्ला अर्थमन्त्री ?

बाम–लोकतान्त्रिक गठबन्धन तोडिएर सरकार निर्माणका लागि नयाँ समीकरण बनेसँगै नेपाली राजनीति पुनः एक पटक तरङ्ंगित हुन पुगेको छ । करिब ३ वर्षे तिक्ततापूर्ण सम्बन्ध अन्त्य गर्दै नेकपा माओवादी केन्द्र र नेकपा एमाले सत्ता साझेदारीका लागि एक ठाउँमा उभिएसँगै नेपाली राजनीतिले नयाँ मोड लिन पुगेको हो ।अन्ततः एमालेकै समर्थनमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नयाँ बन्ने सरकारको प्रधानमन्त्री बन्ने भएका छन् । सरकार निर्माणमा प्रमुख दल नेपाली कांग्रेस र नेकपा माओवादीबीच शक्ति ब