सिण्डिकेटप्रति सरकार नरम : यातायात समिति तत्काल खारेज नहुने, बैंक खाता चलाउन दिइने

३१ असार, काठमाडौं । साउनदेखि यातायातको सिण्डिकेटको 'वैधानिक अन्त्य' गर्ने पूर्वघोषणाबाट सरकार पछि हटेको छ । सरकारले यातायात समितिहरुलाई अझै वैधानिकताको समय दिने र खोसिएका सुविधा फिर्ता दिने तयारी गरेपछि व्यवहारतः सिण्डिकेट तत्काल अन्त्य नहुने पक्का भएको हो । सरकारले यातायात व्यवसायी समितिहरुलाई कम्पनीमा जान थप समय दिने तयारी गरेको छ । …

सम्बन्धित सामग्री

यातायात व्यवसायी पक्राउ, समितिहरुको बैंक खाता सरकारले रोक्का गर्ने

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौला काठमाडौंको भृकुटीमण्डपस्थित रिपोर्टस क्लबको कार्यक्रममा आउने क्रममा पक्राउ परेका छन् । यसैगरि बुटवलमा पश्चिम नेपाल बस ब्यवसायी संघका उपाध्यक्ष जीवन बन्जाडेलाई पनि नियन्त्रणमा लिइएको जनाइएको छ । यातायात समिति खारेज गर्ने सरकारी निर्णयको विरोध गर्दै आएका व्यवसायीहरुले देशभर रुट खुला गरी ल्याइएको यातायात व्यवस्थापन कार्यविधि निर्देशिका खारेजीको माग गर्दै शुक्रबार देशभरि गाडी ग्यारेजमा थन्क्याएका हुन्।