एमसीसी पास नगर्न राप्रपानिकट विद्यार्थी संगठनको माग

जनताको आक्रोश नजरअन्दाज गर्दै केही शीर्ष नेताको मोर्चाबन्दीमा एमसीसी अनुमोदन गरे देशमा आँधीबेरी आउने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) निकट विद्यार्थी संगठनले चेतावनी दिएको छ । बन्दाबन्दीको समयमा जनतालाई कफ्र्यूमा थुनेर, व्यापक छलफल नगरी संसदबाट एमसीसी पास नगर्न राप्रपासम्वद्ध राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन (राप्रविसं) ले सम्बन्धित सबैलाई कडा चेतावनी दिएको छ । ‘अन्यथा आन्दोलनको आँधीबेरी ल्याउन बाध्य हुने,’ राप्रविसंले आइतबार विज्ञप्ति जारी गर्दै बताएको छ ।