‘बर्खास्ती’मा परेका स्थापित महानगर मेयरका उम्मेदवार

 हेटौंडा ।  नेकपा एमालेका नेता केशव स्थापितले वागमती प्रदेश सांसदबाट दिनुभएको राजीनामा स्वीकृत भएको छ । प्रदेशसभा सभामुख सानुकुमार श्रेष्ठसमक्ष स्थापितले आइतबार राजीनामा दिनुभएको थियो । एमालेले स्थापितलाई फेरि काठमाडौं महानगर मेयरको उम्मेदवार बनाएको छ । निर्वाचन आयोगले स्थानीय तहको उम्मेदवार हुन राजीनामा दिनुपर्ने व्यवस्था गरेपछि स्थापितले राजीनामा दिनुभएको हो ।राजीनामा दिँदै उहाँले आफ्नो पहिलो […]

सम्बन्धित सामग्री

लोकप्रिय मतमा बालेन भन्दा सुनिता अगाडि

काठमाडौं महानगरपालिकाको मत गणना जारी छ । जारी मतगणनामा महानगर प्रमुखका स्वतन्त्र उम्मेदवार बालेन साहले अग्रता कामयै राखेका छन् । सोमबार बिहानसम्मको गणनामा साहले ४३ हजार ७५७ मत ल्याउँदा उनका प्रतिस्पर्धी गठबन्धनका उम्मेदवार सिर्जना सिंहले २५ हजार ६८० मत ल्याएर पछ्याइरहेकी छन् । त्यस्तै एमाले मेयरका उम्मेदवार केशव स्थापित तेस्रो स्थानमा छन् । उनले २४ हजार ५८८ मत ल्याएका छन् । उपमेयरतर्फ एमाले उम्मेदवार सुनिता डंगोलले अग्रता बढाउँदै छन् । डंगोलले ४४ हजार ७०५ मत ल्याउँदा प्रतिस्पर्धी

काठमाण्डौ महानगर : बालेनलाई २ हजार २ सय ३८ मत, स्थापित एक हजार मतले पछाडि

काठमाण्डौ - काठमाण्डौ महानगरपालिकामा मेयरका स्वतन्त्र उम्मेदवार बालेन शाहले अग्रता बढाउनुभएको छ । पछिल्लो मत परिणाम अनुसार उहाँले एक हजारभन्दा धेरै मतले अग्रता बनाउनु भएको छ । शाहले दुई हजार दुई सय ३८ मत ल्याउनु भएको छ भने एमालेबाट मेयरका उम्मेदवार केशव स्थापितले एक हजार दुई सय १९ मत ल्याउनु भएको छ । यस्तै, गठबन्धनबाट मेयर उम्मेदवार नेपाली कांग्रेसकी सिर्जना सिंहले एक हजार ८१ मत प्राप्त गर्नुभएको छ ।

चित्त बुझ्दो जवाफ नपाएपछि निर्वाचन आयोगको पुनः स्पष्टीकरणमा केशव स्थापित

काठमाडौँ । नेकपा (एमाले)बाट काठमाडौं महानगर मेयरका उम्मेदवार केशव स्थापित निर्वाचन आयोगको पुनः स्पष्टीकरणमा परेका छन् । उक्त महानगर मेयरका अर्का उम्मेदवार बालेन शाहबारे गरेको टिप्पणीबारे आयोगले स्पष्टीकरण सोधेको हो । आज (बिहीबार) आयोगको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता शालिग्राम शर्मा पौडेलले स्थापितको अभिव्यक्ति निर्वाचन आचारसंहिता २०७८ अनुकूल नभएको आयोगले जनाएको छ । प्रवक्ता पौडेलले भने, […]

मसँग महानगर बनाउने सयौं आइडियाहरु छः केशव स्थापित

काठमाडौँ। नेकपा एमालेको तर्फबाट काठमाडौँ महानगरपालिकाको मेयरका उम्मेदवार बनेका केशव स्थापितले आफुसँग महानगर बनाउने सयौं आइडियाहरु रहेको दावी गरेका छन्। आइतबार मे दिवसका अवसरमा काठमाडौँमा आयोजित कार्यक्रममा उनले सो कुरा बताएका हुन्।

‘बर्खास्तगी’ मा परेका स्थापित महानगर मेयरका उम्मेदवार

हेटौंडा । नेकपा एमालेका नेता केशब स्थापितले वागमती प्रदेश सांसदबाट दिनुभएको राजीनामा स्वीकृत भएको छ । प्रदेशसभा सभामुख सानुकुमार श्रेष्ठसमक्ष स्थापितले आइतबार राजीनामा दिनुभएको थियो । एमालेले स्थापितलाई फेरि काठमाडौं महानगर मेयरको उम्मेदवार बनाएको छ । निर्वाचन आयोगले स्थानीय तहको उम्मेदवार हुन राजीनामा दिनुपर्ने व्यवस्था गरेपछि स्थापितले राजीनामा दिनुभएको हो ।राजीनामा दिँदै उहाँले आफ्नो पहिलो […]