बैतडी : हत्या लुकाउन बैतडीको सुर्नया गाउँपालिका-६ का २३ वर्षीय हरिश अवस्थीले अपहरणको नाटक गरेको खुलेको छ। हरिशले आफ्नै गाउँका ३० वर्षीय डम्बर अवस्थीको हत्या गरेर गाडेको अवस्थामा बुधबार शव फेला परेको थियो।गत शुक्रबार (पुस २३ गते) हरिशले आफू अपहरणमा परेको भन्दै सामाजिक सञ्जाल फेसबुकमा स्टाटस राखे। हरिशले गाउँकै दुईजनाले ‘विप्लव’ समूहलाई आरोप लगाएर आफ्नो अपहरण गरेको बताएका थिए।स्थानीय विद्यालयका शिक्षकसमेत रहेका हरिशले २२ गते राति आफूलाई अपहरण गरेर बाँकेको राप्ती नदी