नेपालमा दर्शक र समीक्षकबाट उत्कृष्ट फिल्मको प्रतिक्रिया पाएको ‘ऐना झ्यालको पुतली’ अहिले तेस्रो सातामा प्रदर्शन भइरहेको छ । अब फिल्मले चाँडै विदेशमा पनि यात्रा थाल्ने भएको छ । देशमा पाएको प्रतिक्रियाले डायस्पोरामा रहेका दर्शकलाई लोभ्याएपछि अहिले फिल्म विदेशमा डिमान्डेड भएको छ ।नेपाली भाषीको बाहुल्य भएका धेरै देशले फिल्मको प्रदर्शनमा चासो देखाएको र यसका प्रदर्शन अधिकार बिक्ने क्रम जारी रहेको निर्माता आकाश पौडेलले बताए । निर्माता आकाशका अनुसार फिल्मको अष्ट्रेलिया र न्युजिल्यान्ड अधिकार