प्रहरी समायोजन नगरे मधेश प्रदेश सरकारले चरणवद्ध संघर्ष गर्ने

काठमाडाैं । संघीय सरकारले प्रहरी समायोजन गर्न आलटाल गरेको भन्दै मधेश प्रदेश सरकारले चरणवद्ध रुपमा संघर्ष गर्ने निर्णय गरेको छ । मधेश प्रदेश सरकारका गृह तथा सञ्चारमन्त्री भरतप्रसाद साहले पत्रकार सम्मेलन गरी मधेश प्रदेशले चरणवद्ध रुपमा संघर्ष गर्ने निर्णय गरेको बताउनुभएको हो । उहाँले प्रदेश सरकारले संघीय सरकारलाई यसबारेमा जानकारी गराउँदासमेत चित्तबुझ्दो जवाफ नआएको भन्दै […]