महाधिवेशनमा विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने एमालेको निर्णय

१२ कात्तिक, काठमाडौं । नेकपा एमालेको १०औं महाधिवेशनमा विद्युतीय भोटिङ मेसिन प्रयोग हुने भएको छ । तुलसीलाल स्मृति प्रतिष्ठान, च्यासलमा शुक्रबार बसेको केन्द्रीय कमिटीको बैठकले विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने निर्णय गरेको हो । प्रवक्ता एवं पार्टी सचिव प्रदीप ज्ञवालीका अनुसार बैठक अघि विद्युतीय भोटिङ मेसिनको पूर्वअभ्यास समेत गरिएको थियो ।