नख्खु कारागारमा आलमलाई कडा सुरक्षा, कुराकानी रेकर्ड हुने

रौतहटबाट शनिवार राति अबेर ललितपुरस्थित नख्खु कारागारमा पु¥याइएका मोहम्मद हफताब आलमले गर्ने कुराकानी रेकर्ड हुने भएको छ । नख्खु कारागार प्रमुख सुरेन्द्र पौडेलले सो जानकारी दिनुभयो । उहाँले भन्नुभयो,‘‘आलमकै सुरक्षाका लागि यस्तो रोक लगाउनु परेको हो । आलमले आफन्त तथा कारागारभित्र अन्य कैदीवन्दीसँंग गर्ने संवाद र कुराकानीको समेत रेकर्ड बस्ने गरी सुरक्षाव्यवस्था मिलाइएको छ ’’ उहाँले थप्नुभयो,‘‘आफन्त परिवारका सदस्य र निजी वकिल वाहेक कसैसँंग भेटघाट गर्न दिइएको छैन ।’’