पलेशालाई पारालिम्पिक सहभागिताको प्रमाण पत्र

काठमाडौं (हाम्रो खेलकुद) – टोकियो पारालिम्पिक– २०२१ मा नेपालबाट सहभागी एक मात्र खेलाडी तेक्वान्दोकी पलेशा गोवर्धनले सहभागिताको प्रमाण पत्र प्राप्त गरेकी छन् । अगष्ट २४ देखि सेप्टेम्बर ५ तारिखसम्म भएको टोकियो पारालिम्पिकमा पलेशाले प्रतिस्पर्धा गरेको के ४४ क्याटगोरीअन्तर्गत महिला ५८ केजीमुनि जम्मा १४ खेलाडीले प्रतिस्पर्धा गरेका थिए । उक्त स्पर्धामा पलेशा समग्रमा पाँचौं भइन् । […]

सम्बन्धित सामग्री

सकियो पारालिम्पिक, २१९ पदकसहित चीन पहिलो

२४ भदौ, काठमाडौं । फ्रान्सको पेरिसमा आयोजित पारालिम्पिक समापन भएको छ । आइतबार राति अबेर पेरिसमा भव्य समापन समारोह आयोजना गरियो । समापन समारोहमा विश्व चर्चित कलाकारहरु र खेलाडीहरुले प्रस्तुती दिए । यस वर्षको पारालिम्पिक नेपालका …

दार्चुलाका भरतसिंहले पेरिस पारालिम्पिक खेल्ने

पारा तेक्वान्दो खेलाडी भरतसिंह महताले पेरिस पारालिम्पिक २०२४ मा खेल्ने भएका छन्।

भरतले पेरिस पारालिम्पिक खेल्ने

५ असार, काठमाडौं । नेपाली पारा तेक्वान्दो खेलाडी भरतसिंह महताले फ्रान्समा हुने पेरिस पारालिम्पिक २०२४ मा खेल्ने भएका छन् । भरत वाइल्ड कार्ड कोटामार्फत् पेरिस पारालिम्पिकका लागि छनोट भएका हुन् । विश्व तेक्वान्दोले मंगलबार नेपाल पारालिम्पिक …

एनसेल-पारालिम्पिक कमिटीबीच सहकार्य

एनसेलले राष्ट्रिय पारा खेलाडीको सहयोगार्थ सम्पूर्ण पारा खेलाडीहरूको सिप विकास र प्रशिक्षणका लागि राष्ट्रिय पारालिम्पिक कमिटी (एनपिसी) नेपालसँग सहकार्य गरेको छ।...

पारालिम्पिक : पलेशा रेपेचेजको सेमिफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – टोकियो २०२० पारालिम्पिकको तेक्वान्दोमा पलेशा गोवर्द्धन रेपेचेजतर्फ सेमिफाइनलमा प्रवेश गरेकी छिन् । महिला के४४ विधाको ५८ केजी तौल समूहको पहिलो खेलमा बेलायतकी बेथ मुनरोसँग पलेशा पराजित भएकी थिइन् । पलेशा २१–८ ले पराजित भएकी हुन् । स्वर्ण पदकको चुनौती सकिएपनि पलेशा कास्य पदकका लागि भने रेपेचेजमा प्रतिस्पर्धा गर्दैछिन् । रेपेचेजतर्फ पलेशाले […]

नेपाल तेक्वान्दो संघद्धारा पारा तेक्वान्दो टिमलाई बिदाई

काठमाडौं (हाम्रो खेलकद) – नेपाल तेक्वान्दो संघले टोकियो पारालिम्पिक २०२० मा सहभागी हुने नेपाली पारा तेक्वान्दो टिमलाई बिदाई गरेको छ । संघले बुधबार आफ्नै केन्द्रिय कार्यालयमा एक कार्यक्रमका बीच पारालिम्पिक टोलीलाई बिदाई गरेको छ । संघका अध्यक्ष प्रकाश शम्शेर राणा र महासचिव दीपराज गुरुङले खेलाडी र प्रशिक्षकलाई फुलको गुच्छा र खादाद्धारा बिदाई गर्दै सफलताको लागि […]

केल्मीद्वारा पारालिम्पिक टोलीलाई सामाग्री हस्तान्तरण

काठमाडौं (हाम्रो खेलकुद) – अन्तर्राष्ट्रिय खेल सामाग्री उत्पादक केल्मीले टोकियो २०२० पारालिम्पिक गेम्समा भाग लिने नेपालको पारालिम्पिक टोलीलाई सामाग्री हस्तान्तरण गरेको छ । नेपालका लागि केल्मीको आधिकारिक विक्रेता कामारु ट्रेडिङका प्रवन्ध निर्देशक उत्तम न्यौपानले पारालिम्पिकमा सहभागी हुने ६ सदस्यीय टोलीलाई मंगलबार सामाग्री हस्तान्तरण गरेका हुन् । पलेशा गोवर्द्धनसहित ६ सदस्यीय टोली शुक्रबार जापान प्रस्थान गर्नेछन् […]

पारालिम्पिक गेम्समा दर्शक प्रवेश नराउने

टोक्यो, (एजेन्सी) । यही २४ अगस्टदेखि शुरू हुने टोक्यो पारालिम्पिक गेम्समा दर्शकलाई प्रवेश गराउन नदिने आयोजकले जनाएको छ । जापानको शहर कोरोना भाइरससँग संघर्ष गरिरहेकोले दर्शकलाई रंगशालामा प्रवेश गराउन नसक्ने भएको हो । जापानी सरकारले राज्यमा संकटकालको अवधि बढाएको छ । टोक्यो, साइतामा, चिबा र सिजुओकामा कोरोना भाइरसको संक्रमण बढिरहेकोले त्यस शहरहरूका रंगशालाबाहिर र सडकमा […]

अर्याल पारालिम्पिक ब्याडमिन्टनमा लाइन जज

काठमाडौं (हाम्रो खेलकुद) – वरिष्ठ ब्याडमिन्टन अम्पायर उदय अर्यालले टोकियो २०२० पारालिम्पिक अन्तर्गत ब्याडमिन्टनमा नेपालको तर्फबाट सहभागिता जनाउने भएका छन् । उनले अगस्ट २४ देखि सेप्टेम्बर ५ सम्म चल्ने पारालिम्पिकमा ब्याडमिन्टनको लाईन जजको भूमिका निर्वाह गर्नेछन् । पारालिम्पिकका लागि अर्याल १२ भदौमा त्यसतर्फ प्रस्थान गर्नेछन् । २१ भदौमा फर्कने तालिका छ । त्यसअघि उनले एक […]

पारालिम्पिक टोलीलाई केल्मीको प्रायोजन

काठमाडौं (हाम्रो खेलकुद)– अन्तर्राष्ट्रिय खेल सामाग्री उत्पादक केल्मीले पारालिम्पिक गेम्समा भाग लिने नेपाली टोलीलाई प्रायोजन गरेको छ । जापानको टोकियोमा २४ अगष्ट २०२१ देखि ५ सेप्टेम्बर २०२१ मा हुने पारालिम्पिक गेम्समा पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्द्धनले प्रतिस्पर्धा गर्नेछिन् । पलेशाले के ४४ अन्तर्गत ५८ केजी मुनी प्रतिस्पर्धा गर्नेछिन् । उनले प्याराल्याम्पिक्सका लागि वाइल्ड कार्ड प्राप्त […]