जबरजस्ती गरे गठबन्धन टुट्ने अडान दोहोर्‍याएर बाहिरिए प्रचण्ड-नेपाल, एमसीसी आज पनि टेबुल नहुने

यथास्थितिमा एमसीसी पारित गर्न नसकिने पुरानै अडान दोहोर्‍याएर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एस)का अध्यक्ष माधव नेपाल बालुवाटारबाट बाहिरिएका छन् ।  प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रवार बिहान बसेको बैठकमा प्रचण्डले एमसीसी जबरजस्ती अगाडि बढाए गठबन्धन टुट्ने बताएका थिए ।  बिहीवार बसेको गठबन्धनका चार दलको बैठकमा पनि प्रचण्डले सोही अडान दोहोर्‍याएको बैठक स्रोतले बतायो । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले शनिवार पार्टीको स्थायी कमिटी बैठक तय भएकोले आइतवारसम्मको लागि ...