झापा : भद्रपुर–१० स्थित चन्द्रगढीमा पुनः निर्माण गरिएको काली मन्दिरको शनिबार विशेष पूजाआर्चना गरी उद्घाटन गरिएको छ।स्थानीयस्तरमा धार्मिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले १ करोड ५२ लाख रुपैयाँ लागतमा पुनःनिर्माण गरिएको कालीमन्दिरको भद्रपुर नगरपालिकाका मेयर जीवनकुमार श्रेष्ठले उद्घाटन गरेका हुन्।पञ्चकन्या सहितका बटुकले स्वस्तिवाचन वाचन गरेपछि मेयर श्रेष्ठले विशेष पूजाआर्चना गरी मन्दिरको उद्घाटन गरे।सङ्घीय सरकारको ९ लाख, भद्रपुर नगरपालिकाको २७ लाख र दाताहरूको सहयोगमा १ करोड ५२ लाखको लागतमा