स्थगित सगरमाथा संवाद आगामी आर्थिक वर्षमा, एनआरएनलाई स्मार्ट कार्ड

काठमाडौं : सरकारले आगामी आर्थिक वर्षमा सगरमाथा संवाद कार्यक्रम गर्ने भएको छ। गत वर्ष स्थगित भएको कार्यक्रमलाई आगामी आर्थिक वर्षमा आयोजन गर्ने भएको हो। त्यस्तै विदेशमा रहेका नेपालीको हकहितका लागि कुटनीतिक नियोगहरुलाई सक्रिय बनाइनेसमेत भएको छ। 'वैदेशिक रोजगारीमा रहेका नेपालीको सुरक्षा, मर्यादित रोजगारीको निरन्तरता तथा सामाजिक संरक्षणको लागि विदेशस्थित कुटनीतिक…