'बह्मास्त्र' बाट कथामा उदाएका शैलेन्द्र

काठमाडौं : राजधानीबाट करिब ८० किलोमिटरमा पर्छ धादिङको सुनौला बजार। ५० को दशकमा नामको मात्र  बजारमा गोरेटोले विकासको छनक दिन्थ्यो। धुले बाटोलाई पिचको पर्खाइ थियो। भनौँ न  बसमा सवार भएर आउने बजारको स्वागत गर्न गाउँ तयार थियो।  त्यसबेलासम्म गाउँमा स्कुल पुगिसकेको थियो। साहित्यिक किताब पुगेका थिए। बाल्यकालमा लेखक  शैलेन्द्र अधिकारी गाउँमा दाइहरूसँग साहित्यिक किताब पढ्थे। विस्तारै अक्षरहरूसँग प्रेम बस्न थाल्यो। गाउँमा रामायण र महाभारतका कथा भाका हालेर भन्ने अग्रज पुस्ता थियो। उनी ...