रुसले आफ्नो देशमाथिको आक्रमणमा आतंककारी रणनीति अपनाएको युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले बताएका छन्। रुसले गएको फेब्रुअरी २४ देखि युक्रेनमाथि आक्रमण गर्दै आएको छ। रुसी आक्रमण आतंककारी रणनीतिमा आधारित रहेको जेलेन्स्कीले आरोप लगाएका हुन्। जेलेन्स्कीले आफ्नो आधिकारिक फेसबुक पेजमा किएभको स्थानीय समयअनुसार शुक्रबार मध्यराति पोस्ट गरेको भिडियो सम्बोधनमा ‘युक्रेनमा रुसले गरिरहेको आक्रमक गतिविधि आतंकवादी समूह इस्लामिक […]