भिजिट भिसाबाट विदेशिए २ वर्षमा २ लाख नेपाली, लुक्ने क्रम जारी

पछिल्लो २ वर्षमा मात्र भिजिट भिसामार्फत् झण्डै २ लाख नेपाली विदेशिएका छन् । सन् २०२० देखि हालसम्म १ लाख ९७ हजार ३१७ जना भिजिट भिसामार्फत् विदेशिएको अध्यागमन विभागअन्तर्गत अध्यागमन कार्यालयले जनाएको छ । यसरी विदेशिनेमा सबैभन्दा बढी दुबई पुगेका छन् । त्यहाँ दुई वर्षको अवधिमा १ लाख १९ हजार ११ जना पुगेको अध्यागमन कार्यालयले जनाएको छ । त्यस्तै भिजिट भिसामार्फत् मलेसिया, साउदी, कतार लगायतका देशमा जाने क्रम पनि बढी देखिएको कार्यालयका सूचना अधिकारी राजकुमार राईले बताए ।  गत साउनमा मात्रै