प्रिन्सिपल सर्राफको हत्याविरुद्ध आज मधेशका विद्यालयहरू बन्द

काठमाडौं : राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन (नेशनल प्याब्सन) मधेश प्रदेश समितिले बाराकाे बाल एकता बोर्डिङ स्कुलका प्रिन्सिपल रूपेश सर्राफको हत्यविरुद्ध आज विद्यालयहरू बन्द गर्ने निर्णय गरेको छ।नेशनल प्याब्सनले एक विज्ञप्ति जारी गरि सर्राफको हत्याप्रति कडा निन्दा र भर्त्सना गर्दै नेशनल प्याब्सन अन्तर्गत प्रदेशभरका विद्यालयहरू बन्द गर्ने निर्णय भएको जानकारी दिएको हाे।विद्यालय जस्तो पवित्र संस्थाको संचालकको दिनदहाडै हत्या भएको घटना शिक्षक, विद्यार्थी अभिभावक लगायत कुनै पनि नागरिक सु