काठमाडौँ : नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा प्रस्तावित शिक्षा विधेयक संशोधनदेखि वर्तमान सरकारको भूमिकाको विषयमा छलफल भएको छ। बिहीबारबाट सुरु भएको बैठकको दोस्रो दिन शुक्रबार बोल्ने केन्द्रीय सदस्यहरूले शिक्षकहरूका माग सम्बोधन गर्न कांग्रेसले खेल्नुपर्ने भूमिका र वर्तमान सरकारको कामको विषयमा छलफल गरेका हुन्। बैठकमा बोल्ने अधिकांश केन्द्रीय सदस्यले शिक्षा विधेयक संशोधन गरेर शिक्षकको माग पूरा गर्नुपर्ने बताएका थिए भने केहीले वर्तमान सरकारको भूमिकामाथि प्रश्न उठाएका थ