युक्रेनले रुससँग वार्ता गर्न तयार रहेको जनाएको छ । बेलारुसका राष्ट्रपति अलेक्जेन्डर लुकासेन्कोसँगको कुराकानीपछि युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले एक विज्ञप्ति सार्वजनिक गर्दै वार्ताका लागि तयार रहेको बताएका हुन् । ‘हामी युक्रेन–बेलारुस सीमामा रुसी प्रतिनिधिमण्डलसँग बिनासर्त युक्रेनी प्रतिनिधिमण्डलले भेट्ने कुरामा सहमत भएका छौं,’ जेलेन्स्कीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।