नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले केन्द्रदेखि वडा तहसम्म धमाधम संगठन विस्तार तथा नेतृत्व चयनलाई तीव्रता दिएको छ ।
केही साता अगाडि मात्रै माओवादी केन्द्रले सुदूरपश्चिम प्रदेश इञ्चार्जको जिम्मेवारी पार्टीका केन्द्रीय सदस्य खगराज भट्ट (डडेल्धुरा) र सह-इञ्चार्जको जिम्मेवारी लक्ष्मणदत्त जोशी (दार्चुला) तथा तारामान स्वाँर (अछाम) लाई दिएको छ ।
काठमाडौं–सदूरपश्चिम समन्वय समिति विभागको संयोजकको जिम्मेवारी भने वीरमान चौधरीले पाएका छन् ।
असोज–कात्तिकभित्र जिल्ला अधिवेशन, मंसिर १५ गतेभित्र प्रदेश अधिवेशन र पुसको ११...