काठमाडौं : निर्देशक दीपेन्द्र के खनालको निर्देशनमा बनेको फिल्म ‘के घर के डेरा’को छायांकन सकिएको छ। मंगलबार काठमाडौंको बबरमहलस्थित आर्ट काउन्सिलमा अन्तिम सट लिँदै फिल्मको एन्डक्ल्याप गरिएको हो। निर्देशक खनालका अनुसार सामाजिक कथावस्तुमा बनेको फिल्मको छायांकन ३३ दिनमा सकिएको छ। फिल्ममा डेरामा बस्ने र घर हुनेहरूको कथालाई देखाइनेछ। फिल्ममा दयाहाङ राई, विपीन कार्की, रवीन्द्र झा, वर्षा राउत, सुरक्षा पन्तलगायत कलाकारको मुख्य भूमिका रहेको छ। फिल्मको सम्पूर्ण छायांकन काठमाड