चितवनमा डाक्टरले सञ्चालन गरेको एक अपवाद रिसोर्ट

पृथ्वी राजमार्ग हुँदै मुग्लिनबाट नारायणतर्फ जाँदा रामनगर बजार कटेपछि जंगल शुरू हुन्छ ।  आँपटारी (देवघाट, पूर्व र नारायणगढतर्फ लाग्ने बाटो) नपुग्दै जंगलको बीचबाट राजमार्गको दाहिनेतर्फ एउटा चिल्लो बाटो छ । उक्त बाटोबाट झण्डै २ किलोमिटर भित्र गएपछि निकै शान्त ठाउँमा पुगिन्छ । जहाँ सञ्चालनमा आएको छ, भव्य ठिमुरा रिसोर्ट ।  ६ महिना अघिसम्म लगभग सुनसान र गुमनाम जस्तै रहेको ठिमुरा अहिले सामाजिक सञ्जाल मार्फत नेपालीमाझ देश विदेशमा परिचित बनेको छ ।  यो ठाउँ सामाजिक सञ्जालमा छ्याप्पछ्याप्ती बन्नुको कारण हो...