दीपिकाले गरिन् सेल्फ केयर ब्रान्ड लन्च

एजेन्सी, २५ कात्तिक । बलिउड अभिनेत्री दीपिका पादुकोणले उद्योगमा १५ वर्ष पूरा गरेकी छिन् । यस विशेष अवसरमा दीपिकाले आफ्नो सेल्फ केयर ब्राण्ड लन्च गरेकी छिन् जसको नाम ८२ ईस्ट राखिएको छ । सामाजिक सञ्जालमा पोष्ट सेयर गर्दै दीपिकाले यो जानकारी दिएकी हुन् । सामाजिक सञ्जालमा पोष्ट सेयर गर्दै दीपिकाले लेखेकी छिन्, ‘दुई वर्षअघि हामीले […]

सम्बन्धित सामग्री

युनिलिभर नेपालमा लगानी थप्न प्रतिबद्ध

काठमाडौं ।  युनिलिभर नेपाल लिमिटेडका प्रबन्ध निर्देशक (एमडी) अम्लान मुखर्जीले नेपालमा थप लगानी बढाउन प्रतिबद्ध रहेको बताएका छन् । सरकारले चालू आर्थिक वर्ष (आव) २०८०/८१ मा लिएका नीतिहरू सहजीकरण गर्ने खालका भएको र कम्पनीका उत्पादनहरूको उपभोग र माग पनि बढेको भन्दै उनले थप लगानीका लागि प्रतिबद्ध रहेको बताए ।  आर्थिक अभियानसँगको कुराकानीमा उनले भने, ‘सरकारले गर्नुपर्ने विषयहरू पनि छन् । जस्तै कच्चा पदार्थको स्थानीय उपलब्धताका साथै आयात गरिने तयारी वस्तुबीचको भन्सार दर, माउ कम्पनीबाट ल्याउन सक्ने सहयोगमा सुविधा, ग्रे मार्केटका कारण हुने समस्या समाधान सरकारबाट गरिनुपर्छ ।’ दक्षिण एशियाली देशहरू श्रीलंका, बंगलादेशलगायतमा भन्दा नेपालमा फास्ट मुभिङ कन्जुमर गुड्स (एफएमसीजी) को उपभोग निकै कम रहेको उनको भनाइ छ । उनले चालू आवको बजेटमा ट्रान्सफर प्राइसिङको विषय उठान भएकाले यसको कार्यान्वयनका लागि पनि जोड दिए । नेपालका उपभोक्ताको आवश्यकता र मागलाई बुझेर नै युनिलिभर ३० वर्षदेखि यहाँ रहेको भन्दै उनले थप लगानी विस्तार र नयाँ प्रडक्ट उत्पादन गरिने बताए । ‘अब कारखानामा अत्याधुनिक प्रविधि तथा मेशिन जडान गर्नेछौं,’ मुखर्जीले भने, ‘६ महीनाभित्रै नयाँ प्रडक्ट (अनियन स्याम्पु) लन्च गर्ने तयारीमा छौं ।’  उच्च प्रविधि, मेशिनहरूका साथै डिजिटलाइजेशनलाई पनि उत्तिकै महŒव दिइएको उनले बताए । उक्त अवसरमा अन्य देशले जस्तै नेपालले पनि आर्थिक संकट बेहोरेको तर त्यसको व्यवस्थापन राम्रोसँग गरिरहेको उनले बताए । अहिले उपभोक्ताको क्रयशक्ति घटेको भए पनि आउँदा चाडपर्वमा आर्थिक गतिविधि चलायमान हुने र बजार सहज हुने अपेक्षा उनको छ । ‘सरकारले खर्च बढाउनुपर्छ, बैंक तथा वित्तीय क्षेत्रले पनि सरकारलाई साथ दिनुपर्छ,’ मुखर्जीले भने, ‘अर्काेतर्फ सरकारले निजीक्षेत्रबाट आर्थिक गतिविधि सञ्चालन गर्नुपर्छ भने मेक इन नेपाल पनि सम्भव छ ।’ उनले सरकारले स्थानीय औद्योगिकीकरणलाई प्राथमिकता दिनुपर्नेमा पनि जोड दिए । यसैगरी कम्पनीले आफ्ना उत्पादनको प्याकेजिङका लागि ७० प्रतिशत नेपाली उत्पादन नै उपयोग गरेको उनले जानकारी दिए । यसैगरी १० मध्ये ८ घरपरिवारले युनिलिभरका उत्पादन दैनिक प्रयोग गर्ने उनको दाबी छ । सरकारले अघि बढाएको विशेष आर्थिक क्षेत्र (सेज)मा नजाने युनिलिभरको भनाइ छ । आफ्नै जग्गा तथा कारखाना पर्याप्त रहेको भन्दै कम्पनीले सेजमा जाने मनसाय नबनाएको उनको भनाइ छ । यसैगरी कम्पनीले उद्योगमा प्रयोग हुने प्लास्टिकको पुन: प्रयोगलाई प्राथमिकता दिएको छ । अहिले प्रयोगमा आएका प्लास्टिकमध्ये ६० प्रतिशतजति पुन: प्रयोग गरिएको मुखर्जीले बताए ।  यस्तै कारखानामा नियमित रूपमा विद्युत् उपलब्धताको सुनिश्चितता नभएको र बेलाबेला बिजुली गइरहने भएकाले सोलार प्रणाली जडान गरिएको उनले जानकारी दिए । ‘अहिले कारखानामा ८० प्रतिशत सोलार प्यानल जडान गरिएको छ,’ उनले भने । मकवानपुरको हेटौंडामा कम्पनीको कारखाना छ । युनिलिभर नेपालका उत्पादनहरू विभिन्न २८ ब्रान्डबाट उपभोक्तासम्म पुगेका छन् । कम्पनीले दैनिक प्रयोग हुने साबुन, डिटरजेन्ट, स्याम्पु, स्किन केयर, टुथपेस्ट, प्याकेज फुडहरू उत्पादन तथा विक्री गर्दै आएको छ । नेपाल स्टक एक्स्चेन्ज लिमिटेड (नेप्से)मा सूचीकृत यो कम्पनीको गत आव २०७९/८० मा खुद नाफा अघिल्लो वर्षको तुलनामा १६ दशमलव ६८ प्रतिशत वृद्धि भएको छ । आव २०७९/८० मा कम्पनीले १ अर्ब ८३ करोड रुपैयाँ खुद नाफा कमाएको पनि उनले जानकारी दिए । कम्पनीको आम्दानी वृद्धि भएपछि नाफा बढेको थियो । कोरोनाकालमा व्यवसाय गर्न निकै कठिन भएको र कति समय कारखाना नै बन्द गरिएको समेत उनले बताए ।

किरेइ कस्मेको स्टोर नयाँँ बानेश्वरमा

जापानको कस्मेटिक्स ब्रान्ड मोमोतानी र मेशोकुले काठमाडौंको नयाँँ बानेश्वरमा किरेइ कस्मे कस्मेटिक र स्किन केयर शोरुम सञ्चालनमा ल्याएको छ । अभिनेत्री स्वस्तिमा खड्काले रिबन काटेर शोरुमको उद्घाटन गरेकी हुन्। उनले सोही शोरुममै उक्त २ ब्रान्डका उत्पादनहरु पनि लन्च गरेको कम्पनीले जनाएको छ ।योसँगै जापानको लोकप्रिय कस्मेटिक्स ब्रान्ड मोमोतानी र मेशोकुले आफ्नो स्किन केयर र सौन्दर्य […]

डीजोको पहिलो ब्रान्ड नेपालमा, कति पर्छ मूल्य ?

डिजोले रियलमी इकोसिस्टम र पशुपति ट्रेड लिंकको पहिलो ब्रान्डको रूपमा नेपालको एक मात्र वितरक रहेको आधिकारिक घोषणा गरेको छ ।“डी–जो” भनेर उच्चारण गरिने यो नयाँ ब्रान्डको उद्देश्य भनेको प्राविधिक समानताको बाधाहरुलाई तोड्ने र सबै उपभोक्ताहरुको आवश्यकताहरुलाई मध्य नजर गरेर विभिन्न समाधानको समस्याहरुलाई हल गर्नु हो । आफ्ना उपभोक्ताहरुलाई “फरक हुन” र सामाजिक रूपबाट धेरै सक्रिय र अद्वितीय हुनको लागी आग्रह गर्दै डीजोले उपभोक्ताको व्यक्तित्वको प्रशंसा गर्ने टेक्नोलोजीको प्रस्तुती दिईएको दाबी गरेको छ । यसको फिलोसोफी र अहिले सम्मको यात्रालाई स्मार्ट टेक लाइफद्वारा इन्हान्स्ड गरिएको छ ।डीजो रियलमी सपोर्टका साथ ३ वटा प्रमुख एस्पेक्टमा आउँदछ – औद्योगिक डिजाइन, सपोर्ट चेन र एआईओेटी एक्सपेरियन्स जुन रियल मी लिंक एप्लिकेसनसँग राम्ररी काम गर्दछ ।डीजोको फोकस भनेको एआईओेटी उत्पादनहरुको एक सम्पूर्ण रेन्जको एउटा पोर्टफोलियो बनाउनु हो जसलाई उपभोक्ताहरुले आफ्नो दैनिक जीवन शैलीमा उपयोग गर्न सक्छन् । त्यो कुरालाई ध्यानमा राखेर, डीजोको चार वटा प्रमुख उत्पादनका श्रेणीहरु–स्मार्ट इन्टरटेन्मेन्ट, स्मार्ट होम, स्मार्ट केयर र एक्सेसरिजहरु मा ध्यान केन्द्रित रहेको छ ।कम्पनीले डीजो ब्रान्ड फीचर फोनको मोडल स्टार ३०० पनि लन्च गरेको छ जसको डिजाइनमा प्रीमियम १.७७ इन्चको स्क्रिन डिस्प्ले, २५५० एमएएचको ब्याट्री जुन डुअल माइक्रो सिम सपोर्टका साथ उपलब्ध रहेको छ । अर्को मोडल स्टार ५०० प्रीमियम डिजाइन२.८ इन्चको बिग स्क्रिन डिस्प्ले, १९०० एमएएचको ब्याट्रीको साथ उपलब्ध छ जसले दुईवटा सिमलाई सपोर्ट गर्दछ । एआईओटी गोपड्सका साथसाथै  गो पड्स डी र स्मार्ट घडी जसले दुवै एन्ड्रोइड र आईओएसलाई सपोर्ट गर्दछ यिनीहरु पनि उपलब्ध रहेका छन् । डीजो स्टार ३०० को मूल्य रु २०७८, डीजो स्टार ५०० को मूल्य  रु २८७८, गोपड्सको मूल्य रु ६०६९,गोपड्स डीको मूल्य रु २८९९ र स्मार्ट घडीको मूल्य रु  ६४६४ रहेको छ ।

सिजीको नाइट सिरिज वासिङमेसिन बजारमा

सिजीले नयाँ सिरिजको वासिङ मेसिन लन्च गरेको छ । स्पा केयर, विएलडिसि मोटर, वाटर क्युब ड्रम, स्वाइल लेबल र उलमार्कलगायतको विशेषता रहेको कम्पनीले जनाएको छ ।स्पा केयरको सहायताले ७० डिग्रीसम्म तापक्रममा बाफ उत्पन्न गरिी कपडामा रहेको किटाणु एवम् यसमा रहको दुर्गन्धहरुलाई ९९.९९ प्रतिशतसम्म स्टरलाइज गर्ने कम्पनीले जनाएको छ । यसमा विएलडिसी मोटरको प्रयोग गरिएको हुनाले […]