दक्ष जनशक्ति उत्पादन गर्न गण्डकी विश्वविद्यालय सञ्चालन गर्ने

अनुसन्धनात्मक र प्राविधिक शिक्षा प्रदान गरेर विश्व बजारमा बिक्न सक्ने दक्ष र योग्य जनशक्ति तयार पार्न गण्डकी विश्वविद्यालय सञ्चालन गर्न लागिएको गण्डकी प्रदेशकी सामाजिक विकासमन्त्री नरदेवी पुनले बताएकी छन् । म्याग्दी बहुमुखी क्याम्पसको २९औं वार्षिकोत्सवमा मन्त्री पुनले शिक्षाका लागि पुँजी र जनशक्ति पलायन रोक्न गण्डकी विश्वविद्यालय सञ्चालन गर्न लागिएको जानकारी गराएकी हुन् ।