संसद् विघटनपछि विकसित भएको राजनीतिक घटनाक्रमले प्रतिपक्षी दल नेपाली कांग्रेसलाई दुवै हातमा लड्डु भनेजस्तो भएको छ ।
विभाजित नेकपाका दुवै समूहले कांग्रेस सभापति शेरबहादुर देउवाको हातमा अफरै-अफरको चाङ लगाएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा सरकार बनेपछि प्रमुख प्रतिपक्षी दल कांग्रेसको भूमिका कमजोर रहेको टिप्पणी हुँदै आएको थियो ।
संसद् विघटन र सत्तारूढ दल नेकपाको राजनीतिक विभाजनपश्चात कांग्रेसलाई केही प्रदेश र केन्द्रमै पनि सरकार चलाउने अवसर आएको छ ।
५ वर्षसम्म प्रतिपक्षीको भूमिकामा रहने गरी जनताले म्...