जापानी प्रधानमन्त्री फुमियो किशिदा र भ्रमणरत अमेरिकी सदनका सभामुख न्यान्सी पेलोसीले अमेरिकी प्रतिनिधिमण्डलको ताइवान भ्रमणपछि बढ्दो तनावका बीच ताइवान क्षेत्रमा शान्ति र स्थिरताको महत्त्वमा जोड दिएका छन् ।‘हामी ताइवान स्ट्रेटमा शान्ति र स्थिरता सुनिश्चित गर्न सँगै काम गर्नेछौं’, किशिदाले पेलोसीसँगको भेटपछि सो कुरा उल्लेख गरेको क्योडो न्युजले जनाएको छ। ‘चीनको व्यवहारले यस क्षेत्र र विश्वको शान्ति र स्थायित्वमा गम्भीर असर पारेको छ र हामीले चीनलाई त्यस किसिमका अभ्यास तत्काल रो