मालपोत कार्यालयलाई सरकारले बनायो घुसको अड्डा : सर्वसाधारण प्रताडित, मालपोतका कर्मचारी मालामाल :: Pahilopost.com

काठमाडौं : गतवर्ष साउन २६ गते भूमिसुधार मन्त्रालयले कृषियोग्य जमीन खण्डीकरण भएको भन्दै कित्ताकाटमा रोक लगाउने निर्णय गर्‍यो। यो निणर्यको भोलिपल्टै (साउन २७ मा) नागरिकको सम्पत्तिमाथिको हक हनन् भएको भन्दै सर्वोच्च अदालतमा रिट दायर भएको थियो । अधिवक्ता जगदिश आचार्यको रिटमा सर्वोच्च अदालतले भदौ १ गते निर्णय कार्यान्वयन नगर्न