बिरामी बोकेका एम्बुलेन्स बीचबाटोमै अलपत्र

काठमाडौं । निरन्तर परिरहेको भारी वर्षाका कारण प्युठान र भालुबाङ्ग जोड्ने सडक खण्ड अन्तर्गतका आधा दर्जन स्थानमा ठूलो पहिरो गएकाे छ । जसका कारण जिल्लाबाट उपचारका लागि बाहिर जाने बिरामीको बिचल्ली भएको हाे । जिल्ला अस्पताल प्युठानबाट थप उपचारको लागि बुटवल, भैरहवा रेफर गरिएका बिरामी सडकमा पहिरो गएका कारण एम्बुलेन्सभित्र छट्पटाउनुपर्ने बाध्यता सिर्जना भएको छ […]