काठमाडौं : सरकारले बिहीबारको संसद बैठकबाट नागरिकता विधेयक फिर्ता लिने तयारी गरेपनि अन्तिममा कार्यसूचीबाट हटाइएको छ। संसद सचिवालयले बुधबार सार्वजनिक गरेको संभावित कार्यसूचीमा गृहमन्त्री बालकृष्ण खाँणले ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक‚२०७५ लाई फिर्ता लिने प्रस्ताव’ प्रस्तुत गर्ने उल्लेख गरेको थियो।२ बजे संसद बैठक सुरु भएपछि सचिवालयले सार्वजनिक गरेको कार्यसूचीमा विधेयक फिर्ता लिने विषय हटाइएको हो। चार वर्षअघि संसदमा दर्ता भएको विधेयक संसदको राज्य व्यवस्था समितिले ब