काठमाडौँ । पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले बाढीबाट क्षतिग्रस्त बस्तीलाई सोही स्थानमा पुन:स्थापना गर्नुको सट्टा प्रभावित नागरिकका लागि सुरक्षित स्थानमा नयाँ सहर विकास गर्ने सरकारको योजना रहेको बताएका छन्। प्रतिनिधि सभाको विकास समितिको बैठकमा मन्त्री लम्सालले बाढीबाट क्षति पुगेका स्थानमा पुरानै ढाँचामा बस्ती पुन:निर्माण गर्ने सोचबाट सरकार अघि नबढ्ने स्पष्ट पारे। उनका अनुसार भूकम्पपछिको पुनर्निर्माणभन्दा […]